`

वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिज–टस हारेर नेपाल फिल्डिङमा

Nepal One HD १९ वैशाख २०८१ १२:१२
खेलकुद

काठमाडौ । वेस्ट इन्डिज ‘ए’ सँगको टी–२० सिरिजको तेस्रो खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्न लागेको हो । आजको खेलको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । नियमित कप्तान रोहितकुमार पौडेललाई विश्राम दिइएको छ । नेपाली टीममा दीपेन्द्रसिंह ऐरी (कप्तान), विनोद भण्डारी, अनिलकुमार शाह, कुशल मल्ल, गुलशन झा, कमलसिंह ऐरी, करण केसी, विवेक यादव, सागर ढकाल, लोकेश बम, आरिफ शेख रहेका छन् ।

पाँच खेलको सिरिजमा नेपाल र वेस्ट इन्डिज ‘ए’बीच एक एकको बराबरी छ । आजको खेलमा कप्तान पौडेलसिहत कुशल भुर्तेल, सोमपाल कामी र प्रतिश जिसीलाई आराम दिइएको छ ।


प्रतिक्रिया