`

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २ सय १० रनको लक्ष्य प्रस्तुत

Nepal One HD २० वैशाख २०८१ १४:०२
खेलकुद

काठमाडौ । मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । त्रिवी क्रिकेट मैदान कीर्तिपूरमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन जोडेको हो ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट रहँदै सर्वाधिक ८४ रन बनाए । नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अगाडी छ ।


प्रतिक्रिया