कर्णाली हाफ म्याराथनको उपाधि सेनाका रावल र एपीएफकी भण्डारीलाई

खेलकुद

कर्णाली । प्रथम ज्ञान कर्णाली हाफ म्याराथनको उपाधि नेपाली सेनाका नरेन्द्र रावल र विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) की पुष्पा भण्डारीले जितेका छन् । शनिबार बिहान सुर्खेतको वीरेन्द्रनगरमा भएको प्रतियोगितामा नेपाली सेनाका रावत पुरुषतर्फ र एपीएफकी भण्डारी महिलातर्फ प्रथम भएका हुन् ।
प्रतियोगिताको पुरुषतर्फ नेपाली सेनाका रामजी बस्नेत दोस्रो र श्रीकश राई तेस्रो भएका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का राजन चौधरीले चौथो भए । यस्तै, महिलातर्फ नेपाली सेनाकी सिर्जना पाण्डे दोस्रो र जुम्लाकी राज्यलक्ष्मी रावत तेस्रो भएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट