`

अर्जेन्टिनाको राजधानीमा रेल दुर्घटना, ६० जना घाइते

Nepal One HD २९ वैशाख २०८१ १४:५५
विश्व

अर्जेन्टिनाको ब्युनस आयर्समा  एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जना घाइते भएका छन् । घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर रहेको छ । 

घटना पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रुवाहक रेल एक रेलवे पुलको ट्र्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो । 

रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रुवाहक डिब्बा पटरीबाट खसेको जानकारी गरायो । 

आपत्कालीन अधिकारीहरूले दुर्घटनापछि ३० जनालाई अस्पताल लगिएको रिपोर्ट गरको बताएका छन् । यद्यपि त्यस सहरका स्वास्थ्य अधिकारीहरूले दिनको अन्त्यमा त्यो सङ्ख्या ५७ पुगेको  अपडेट गरेका छन् । 

गम्भीर घाइते दुई जनालाई टाउकोमा चोट लागेको र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको आपत्कालीन सेवा अधिकारी अल्बर्टो क्रिसेन्टीले बताए । उनले अन्य अधिकांश पीडित शुक्रबार साँझसम्म डिस्चार्ज भइसकेको जानकारी गराए ।

समाचार तस्बिरहरूले रेलको डिब्बा एक छेउमा खोलिएको र रेलवे पुलको धातु रेलिङहरूमा झुकेको देखाएको छ । यो यात्रु वा मर्मतसम्भार ट्रेनको गाडी हो भन्ने स्पष्ट थिएन ।


प्रतिक्रिया