`

इजिप्ट, इजरायल र अमेरिकाबिच रफाह नाका खोल्ने विषयमा छलफल हुने

Nepal One HD २० जेठ २०८१ ८:०४
विश्व

कायरो, जेठ २० गते । गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल गर्न आइतबार कायरोमा बैठक गर्ने इजिप्ट, इजरायल र संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले जनाएका छन् ।

इजिप्टको अल–काहेरा टिभीले तीनै देशका अधिकारीहरूलाई उद्धृत गरी गाजाको रफाह सीमा क्षेत्रमा आवागमन खोल्ने विषयमा छलफल हुने जनाएको हो ।इजिप्टले प्यालेस्टिनी पक्ष इजरायलको नियन्त्रणमा रहेसम्म राफा नाका नखोल्ने आफ्नो अडानमा रहेको बताएको उच्च सुरक्षा स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख छ ।

स्रोतका अनुसार इजिप्टले सीमामा आवतजावत बन्द गर्न र गाजा पट्टीमा बिग्रँदो मानवीय स्थितिका लागि इजरायली पक्षलाई जिम्मेवार ठहर्‍याउँछ ।इजरायली सेनाले मे ७ मा प्यालेस्टाइनी पक्षमाथि आफ्नो नियन्त्रण लागू गरेको घोषणा गरेदेखि यो नाका बन्द गरिएको हो ।

गाजा र इजिप्टको बिचमा अवस्थित रफाह पार गरी घाइते र बिरामीलाई उपचारका लागि विदेश लैजान र गाजा क्षेत्रमा मानवीय र राहत सहायता प्रदान गर्न मुख्य प्रवेशद्वार हो ।
सन् २०२३ अक्टोबर ७ देखि इजरायलले गाजा पट्टीमा हमास आन्दोलन (हमास समूह) विरुद्ध ठूलो मात्रामा आक्रमण गरिरहेको छ । आक्रमणका कारण ३६ हजारभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।


प्रतिक्रिया