इजरायलले आफ्नो अभियानलाई हिजबुल्लाहतर्फ केन्द्रित गर्ने प्रधानमन्त्री नेतन्याहूको भनाइ


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा हमासविरुद्धको लडाइँको वर्तमान चरण समाप्त हुँदै गएको बताउनुभएको छ । उहाँले लेबनानी लडाकू समूह हिजबुल्लाहसँग जुध्न इजरायलले आफ्नो उत्तरी सीमामा थप सैनिक पठाउन सक्ने बताउनुभयो ।
इजरायल र हिजबुल्लाह युद्धको नजिक पुगिरहेका बेला उक्त टिप्पणीले तनावलाई अझ बढाउने देखिएको छ । नेतन्याहूले गाजामा जारी युद्धको अन्त्य भने नभएको पनि सङ्केत गर्नुभएको छ । इजरायली नेताले एक लामो टिभी अन्तर्वार्तामा भन्नुभयो, “सेना दक्षिणी गाजा शहर रफाहमा आफ्नो हालको जमिनी आक्रमण पूरा गर्ने तयारीमा छ, यसको मतलब यो होइन कि हमासविरुद्ध युद्ध समाप्त भएको छ ।” उहाँले अबका दिनमा गाजामा कम सेना आवश्यक पर्ने र हिजबुल्लाहसँग लड्नका लागि सेना परिचालन गरिने बताउनुभएको छ ।
इजरायलको नेतन्याहू निकट मानिने टिभी च्यानल१४ लाई दिएको अन्तर्वार्तामा उहाँले भन्नुभयो, “हिलो र सबैभन्दा महत्वपूर्ण, रक्षाका लागि, तर दशौं हजार विस्थापित इजरायलीलाई घर फर्कन अनुमति दिन पनि हाम्रा केही सेनालाई उत्तरतर्फ स्थानान्तरण गर्ने सम्भावना छ र हामी त्यो गर्नेछौं ।”
इरान समर्थित हिजबुल्लाहले अक्टोबर ७ मा हमासको सीमापार आक्रमणपछि गाजा युद्ध सुरु गरेलगत्तै इजरायलमाथि आक्रमण सुरु गरेको थियो । इजरायल र हिजबुल्लाहबीच त्यसयता हरेक दिनजसो गोली हानाहान हुँदै आएको छ, तर पछिल्ला हप्ताहरूमा युद्ध चर्किंदै गएको छ ।
हिजबुल्लाह हमासभन्दा धेरै शक्तिशाली छ र नयाँ मोर्चा खोल्दा अन्य इरानी प्रोक्सीहरू र सम्भवतः इरान स्वयं संलग्न ठूलो, क्षेत्रव्यापी युद्धको जोखिम बढ्नेछ जसले सीमाको दुवैतर्फ भारी क्षति र ठूलो हताहती निम्त्याउन सक्छ ।ह्वाइट हाउसका दूत अमोस होचस्टाइन गत साता इजरायल र लेबनानका अधिकारीसँग तनाव कम गर्ने प्रयासमा उक्त क्षेत्रको भ्रमण गर्नुभएको थियो । तर, लडाइँ भने जारी छ ।
नेतन्याहूले सङ्कटको कुटनीतिक समाधान खोज्न सकिने आशा व्यक्त गरे पनि आवश्यक परेको खण्डमा ‘फरक तरिकाले’ समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “हामी विभिन्न मोर्चामा लड्न सक्छौं र त्यसका लागि हामी तयार छौं,” उहाँले भन्नुभयो ।
उहाँले कुनै पनि ‘कागजमा सीमित भएको सम्झौता’ मात्र नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “हिजबुल्लाहलाई सीमाबाट गर्ने संयन्त्र र इजरायलीहरूलाई आफ्नो घर फर्काउनु पर्ने बताउँदै युद्ध सुरु भएको केही समयपछि दशौँ हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो र उनीहरू अझै घर जान सकेका छैनन् ।”
हिजबुल्लाहले गाजामा युद्धविराम नहुञ्जेलसम्म इजरायलसँग लड्ने बताएको छ । समूहका नेता हसन नसरल्लाहले गत हप्ता इजरायललाई युद्ध सुरु नगर्न चेतावनी दिँदै हिजबुल्लाहसँग नयाँ हतियार र गुप्तचर क्षमता रहेको र यसले इजरायलभित्रका थप महत्वपूर्ण स्थानहरूलाई निशाना बनाउन मद्दत गर्न सक्ने बताउनुभएको थियो ।