`

एसइईमा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने

Nepal One HD १४ असार २०८१ १९:०८
प्रमुख खबर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा अनुत्तीर्ण सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शुक्रबार बसेको शिक्षामन्त्रीस्तरीय बैठकले दुईभन्दा बढी विषय लागेका विद्यार्थीलाई पनि पूरक परीक्षामा सामेल गराउने निर्णय गरेको हो ।

परीक्षा बोर्डको लेटर ग्रेडिङ निर्देशिकाअनुसार दुईभन्दा बढी विषय लागेका विद्यार्थीले मौका परीक्षा दिन पाउँदैनन्। तर, यसपटकदेखि नै नयाँ प्रणाली लागू गरेकाले एकपटक सबै विद्यार्थीलाई मौका दिन यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता केशव दाहालले जानकारी दिएका छन् ।

उनले पाठ्यक्रम विकास केन्द्र, सबै जिल्ला शिक्षा समन्वय इकाई र राष्ट्रिय परीक्षा बोर्डलाई सबै विद्यार्थीलाई पूरक परीक्षामा सहभागी गराउने गरी काम गर्न निर्देशन दिइएको जानकारी दिए । बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार एक लाख २६ हजार ४७९ विद्यार्थीलाई दुई भन्दा बढी विषय लागेको छ ।


प्रतिक्रिया