विश्वव्यापी सूचना प्रबिधिमा आएको त्रुटिलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीको भनाइ


शुक्रबार विश्वभरका विमानस्थल, बैंक र सञ्चार माध्यमलाई प्रभावित गर्ने विश्वव्यापी सूचना प्रविधि अवरोधको कारण बनेको त्रुिटलाई सच्चाइएको क्राउडस्ट्राइकका लागि एक फिक्स प्रयोग गरिएको क्राउडस्ट्राइक एन्टिभाइरस फर्मका प्रमुख कार्यकारी अधिकृतले शुक्रबार बताउनुभएको छ ।
क्राउडस्ट्राइक अमेरिकी साबर सुरक्षा प्रविधि कम्पनी हो । सीईओ जर्ज कुर्ट्जले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देशमा लेख्नुभएको छ, “क्राउडस्ट्राइकले विन्डोज होस्टहरूको लागि एकल सामग्री अद्यावधिकमा फेला परेको त्रुटिबाट प्रभावित ग्राहकहरूसँग तत्काल सम्पर्क गरी यस समस्याको पहिचान गरिएको छ ।
समस्याको समाधानसँगै सबै अवरूद्धता हटेको विश्वास गरिएको छ ।” शुक्रबार विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा विश्वभरको उडान र दूरसञ्चार सेवा तथा यसबाट लिइने अन्य अनलाइन सेवाहरू प्रभावित बनेका थिए । ‘माइक्रोसफ्ट एज्योरमा देखिएको प्राविधिक समस्या’ का कारण विश्वव्यापी रूपमा उडानमा ढिलाइ वा अवरोधहरू भएको हुनसक्ने फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका, भारतलगायतका प्रसिद्ध विमान कम्पनीहरूले शुक्रबार बताएका थिए ।