`

पोखरीमा नुहाउँदै गरेकी १३ वर्षीय विपनाको डुबेर मृत्यु

Nepal One HD २४ साउन २०८१ ७:५२
समाचार

कञ्चनपुर – माछा पोखरीमा नुहाउँदै गरेकी शुक्लाफाँटा नगरपालिका–४ आशापुरका १३ वर्षीय विपना चुनाराको डुबेर मृत्यु भएको छ । पौडी खेल्न नजान्दा चुनाराको डुबेर मृत्यु भएको हो ।

साथीसँग पोखरीमा नुहाउनका लागि गएका बेला डुबेर चुनाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीरबहादुर बुढाऐरले बताउनुभयो । विपनासँगै नुहाउन गएकी ११ वर्षीया विपिका सुनारको भने सकुशल उद्धार गरिएको छ । स्थानीय अस्पतालमा सामान्य उपचारपछि उनी घर फर्केकी छन् ।


प्रतिक्रिया