`

डोटीमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु

Nepal One HD ९ भदौ २०८१ ६:४५
समाज

डोटी – सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो । खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो ।


प्रतिक्रिया