`

रामेछापको दोरम्बामा पहिरोमा परी दुई जनाको मृत्यु, केही बेपत्ता

Nepal One HD ९ भदौ २०८१ ७:३८
प्रमुख खबर

मन्थली । रामेछापको दोरम्बा–शैलुङ गाउँपालिका–३ मा शनिबार राति भीषण पहिरो गएको छ । मध्यरातमा लेकखर्कमा पहिरोमा गएको हो । पहिरोले तीन घर बगाएको छ ।

पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने केही बेपत्ता रामेछापका प्रहरी प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिएका छन् । पहिरोले वडा नम्बर २ र ३ जोड्ने ढाईगाउँ खोलाको पुल पनि बगाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।


प्रतिक्रिया