`

आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई जनही ३ लाख प्रोत्साहन भत्ता दिने क्यानको निर्णय

Nepal One HD १३ भदौ २०८१ २०:१२
खेलकुद

काठमाडौं । नेपाल क्रिकेट संघले सातवटै प्रदेशका ५–५ जना खेलाडीहरूलाई जनही ५ लाख रुपैयाँका दरले मासिक पारिश्रमिक दिने निर्णय गरेको छ ।

क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो । क्यानले ७ वटै प्रदेशका क्रिकेट संघहरूलाई २ जना महिला र ३ जना पुरुष गरी ५ जना खेलाडीलाई पारिश्रमिक दिने निर्णय गरेको हो ।

खेलाडीहरूको पारिश्रमिक वापतको बजेट रकम प्रदेशहरूमा निकासा गरी सम्बन्धित प्रदेशहरुले नै खेलाडीसँग सम्झौता गरी पारिश्रमिक उपलब्ध गराउने निर्णय भएको क्यानले जनाएको छ ।


प्रतिक्रिया