`

जनमत पार्टीले गुटबन्दी गरेको भन्दै सोध्यो चार केन्द्रीय सदस्यलाई स्पष्टीकरण

Nepal One HD ८ असोज २०८१ १७:५६
प्रमुख खबर

काठमाडौं । जनमत पार्टीले चार केन्द्रीय सदस्यसहित आठ जनालाई स्पष्टीकरण सोधेको छ । यही असोज ५ गते जिल्ला समन्वय समिति महोत्तरीमा आयोजित कार्यक्रममा होहल्ला तथा गुटबन्दी गरेको भन्दै उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण सोधिएकामा केन्द्रीय कार्यकारिणी सदस्य सञ्जयकुमार यादव, केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेशी, कोमल यादव, इन्द्रप्रसाद सिंह, सुरेश ठाकुर छन् ।

त्यस्तै पार्टीको जलेश्वर नगरपालिका सचिव संजीत यादव, साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहलाई पनि स्पष्टीकरण सोधिएको छ । सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भन्दै पार्टीका तर्फबाट उपाध्यक्ष दीपककुमार साहले उनीहरूलाई पत्र पठाएका छन् ।


प्रतिक्रिया