`

सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि

Nepal One HD ११ असोज २०८१ ११:५३
अर्थ समाचार

काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्य शुक्रबार पनि वृद्धि भएको छ । तोलामा  पाँच सय रुपैयाँले वृद्धि हुँदा सुन हालसम्मकै महङ्गो हुन पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभाव स्थानीय बजारमा पर्दा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला  एक लाख ६० हजार सात सयमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि  एक लाख ६१ हजार दुई सय निर्धारण भएको छ ।

चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएको छैन । महासङ्घले चाँदीको मूल्य प्रतितोला  एक हजार नौ सय ५५ मूल्य रुपैयाँ निर्धारण गरेको छ । 


प्रतिक्रिया