होटल सङ्घद्वारा राहत कोष स्थापना

अर्थ समाचार

काठमाडौं । होटल संघ नेपालले बाढी पहिरोपीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ ।
देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल संघले राहत कोष स्थान गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
‘होटल संघले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरूलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।
बाढीपहिरोबाट धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै संघले मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट