`

प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण

Nepal One HD २० असोज २०८१ १९:३१
अर्थ समाचार

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क, आइएमई ग्रुप र आबद्ध कम्पनीले पाँच करोड हस्तान्तरण गरेको छ । सो रकमको चेक आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हस्तान्तरण गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएकामध्ये सबैभन्दा बढी हो ।

यसैगरी, आजै नेपाल इन्सुरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले  ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले  ५१ लाख र मेटलाइफ इन्सुरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले  २५ लाख हस्तान्तरण गरे ।

उक्त रकमसहित आइतबारसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम  १० करोड २६ लाख पुगेको छ । सहयोग गर्ने सबै संस्थालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताए ।


प्रतिक्रिया