`

महिला साफ च्याम्पियनसिपमा श्रीलङ्काद्वारा माल्दिभ्स पराजित

Nepal One HD २ कार्तिक २०८१ १६:२०
खेलकुद

काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२४ फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा श्रीलङ्काले माल्दिभ्सलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समूह बी अन्तर्गतको पहिलो खेलमा श्रीलङ्काले माल्दिभ्सलाई १–० गोलअन्तरले पराजित गर्यो। श्रीलङ्काका लागि इमिशा अनुराधिनीले १८औँ मिनेटमा गरेको गोल नै श्रीलङ्का जितका लागि पर्याप्त भयो । जितसँगै श्रीलङ्काले तीन अङ्क बटुलेको छ ।

सोही समूहमा रहेको नेपालले आज साँझ भुटानको सामना गर्दैछ ।


प्रतिक्रिया