`

पूर्वाधार निर्माणमा सघाउन विकासका साझेदारलाई मुख्यमन्त्रीको आग्रह

Nepal One HD २० मंसिर २०८१ ८:०३
राजनीति

कर्णाली, २० मङ्सिरः कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गर्नुभएको छ ।

नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उहाँले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिनुभयो ।


आवासीय प्रतिनिधि योकोसुदाले मुख्यमन्त्रीले प्रस्तुत गर्नुभएको सुझावप्रति सकारात्मक जवाफ दिनुभएको थियो ।


प्रतिक्रिया