युक्रेनले रुसको गहिराइमा क्षेप्यास्त्र प्रहार गरेकोमा ट्रम्पको ‘कडा विरोध’

विश्व

नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार प्रकाशित एक अन्तर्वार्तामा युक्रेनले रुसको गहिराइमा अमेरिकाद्वारा आपूर्ति गरिएको क्षेप्यास्त्र प्रहार गरेकोमा आफू ‘अत्यन्त तीव्र रूपमा’ असहमत भएको बताउनुभएको छ ।
तथापि किएभलाई अमेरिकी समर्थन युद्धलाई अन्त्य गर्ने प्रयासमा प्रमुख लाभ हुने भएकाले ट्रम्पले युक्रेनलाई नत्याग्ने बताउनुभयो ।
वासिङ्टनले युक्रेनलाई रुसको भित्री भागसम्म प्रवेश गर्नसक्ने आफ्नो लामो दूरीको एटिएसिएमएस मिसाइलहरू आपूर्ति गरेको छ । यसले मस्कोबाट क्रोधपूर्ण प्रतिक्रिया ल्याएको छ र उसले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल प्रयोग गरेको छ ।
“म रूसमा सयौँ माइल मिसाइलहरू पठाउने कुरामा धेरै दृढतापूर्वक असहमत छु । हामी किन यसो गर्दैछौँ ?”, टाइम म्यागजिनसँगको अन्तर्वार्तामा उहाँले भन्नुभयो । म्यागाजिनले बिहीबार उहाँनलाई ‘पर्सन अफ द इयर’ का रूपमा सम्मानित गरेको थियो ।
सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कअनुसार एटिएसिएमएस मिसाइलको अधिकतम दूरी १९० माइल (३०० किलोमिटर) छ ।
यो अन्तर्वार्ता ‘थ्याङ्क्सगिभिङ’ र नोट्रे डेम क्याथेड्रल पुनः खुल्ने अवसरमा फ्रान्सका राष्ट्रपतिको मध्यस्थतामा युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग ट्रम्पको ‘हाइ–प्रोफाइल’ बैठक हुनुभन्दा अघि भएको थियो ।
“हामी यो युद्धलाई बढाइरहेका छौँ र यसलाई अझ खराब बनाउँदैछौँ”, उहाँले भन्नुभयो ।
युक्रेनलाई आफ्नो समर्थनमा जोड दिँदै ट्रम्पले युद्धलाई अन्त्य गर्न वासिङ्टनको समर्थनलाई लाभको रूपमा प्रयोग गर्ने बताउनुभयो । उहाँ किएभलाई समर्थन गर्ने लागतमा प्रश्न उठाउँदै उदासीन रहनुभएको थियो ।
“म सहमति प्राप्त गर्न चाहन्छु र सहमति प्राप्त गर्ने एकमात्र तरिका त्याग्नु होइन”, उहाँले भन्नुभयो ।
किएभको दृष्टिकोणप्रति ट्रम्पको स्पष्ट आलोचनातिर ध्यान आकर्षित गर्दै रुसी समाचार एजेन्सीहरूले उहाँको टिप्पणीमा फड्को लगाएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट