संवैधानिक सङ्कटबीच जर्जियामा इयुप्रति वफादार राष्ट्रपति नियुक्त


जर्जियाको सत्तारुढ दलले शनिबार विवादास्पद निर्वाचन प्रक्रियामा इयुप्रति वफादार अति दक्षिणपन्थी व्यक्तिलाई शनिबार राष्ट्रपतिमा नियुक्त गरेको छ ।
जर्जियाको सत्तारुढ ड्रिम पार्टीले गत अक्टोबरमा सम्पन्न संसदीय निर्वाचनमा विजय हासिल गरेपनि जर्जियामा पछिल्लो समय राजनीतिक सङ्कट देखिएको छ ।
गत महिना युरोपियन युनियन (इयु) को सदस्यता वार्ता स्थगित गर्ने उसको निर्णयपछि इयुको पक्षमा व्यापक प्रदर्शनहरू भएका छन् ।
सत्तारुढ जर्जियाली ड्रिम पार्टीको नियन्त्रणमा रहेको र विपक्षीले बहिष्कार गरेको ‘इलेक्टोरल कलेज’ले मिखाइल काभेलाश्विलीलाई २२४ मतका साथ पाँच वर्षे कार्यकालका लागि देशको आगामी नेतामा निर्वाचित गरेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष जियोर्जी कलान्ड्रिश्विलीले जानकारी दिनुभयो ।
विपक्षीले शनिबारको निर्वाचनलाई ‘नाजायज’ भन्दै निन्दा गर्दै वर्तमान राष्ट्रपति सालोम जुराबिश्विली देशको एक मात्र वैध नेता रहेको बताएका छन् ।
जर्जियाली ड्रीमसँग विवादमा रहेका पश्चिमसमर्थक जुराबिश्भिलीले पद छोड्न अस्वीकार गर्नुभएको छ र नयाँ संसदीय निर्वाचनको माग गरिरहनुभएको छ ।
शनिबार बिहान प्रदर्शनकारीहरू संसद भवन बाहिर भेला हुन थालेपछि उक्त स्थानलाई प्रहरीले घेराहालेको थियो ।
जुराबिश्विलीले कावेलाश्विलीमा प्रदर्शनकारीहरू हिउँमा फुटबल खेलिरहेको भिडियो फुटेज सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेख्नुभएको छ, “जर्जियाले कहिल्यै पनि आफ्नो हास्यभाव गुमाउँदैन, एक फुटबलरलाई राष्ट्रपतिको रूपमा निर्वाचित भएकोमा उत्सव मनाउँछ।”
प्रदर्शनकारीमध्ये एक ४० वर्षीया नाटिया अप्खाजाभाले आफू ‘आफ्नो देशको युरोपेली भविष्यको रक्षाका लागि’ प्रदर्शनमा आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हाम्रो संसदीय चुनावमा धाँधली भयो । हामीलाई नयाँ निर्वाचन चाहिएको छ।”
उहाँले भन्नुभयो, “हामी १६ दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छौं । र हामी हाम्रो युरोपेली भविष्यका लागि सङ्घर्ष जारी राख्नेछौं।”
तिब्लिसीका करिब एक दर्जन स्थानमा विरोध प्रदर्शन हुने बताइएको छ । प्रदर्शनका क्रममा इयु समर्थक हजारौँ प्रदर्शनकारीले शुक्रबार राजधानीका सडकमा प्रदर्शन गरेका थिए भने त्यसपछि लगातार १६ औँ दिन पनि संसद बाहिर भेला भएका थिए ।
जर्जियाली पूर्व कूटनीतिज्ञ जुराबिश्विलीले प्रदर्शनपछिको राष्ट्रपतिको नियुक्ति जर्जियाको युरोपेली आकाङ्क्षाहरूको चम्किलो दीपका रूपमा हर्नुहुन्छ । उहाँ प्रदर्शनकारीबीच एक अत्यधिक लोकप्रिय व्यक्ति मानिनुहुन्छ ।