`

अफगानिस्तानमा एक परिवार बोकेको गाडी दुर्घटना, छ जनाको मृत्यु

Nepal One HD १ पुष २०८१ १९:१२
विश्व

दक्षिणी अफगानिस्तानको हेलमान्ड प्रान्तमा एक परिवार बोकेको एउटा गाडी दुर्घटना हुँदा छ जनाको मृत्यु भएको प्रान्तीय सूचना तथा संस्कृति विभागले आइतबार जनाएको छ ।

प्रदेशको बाबाजी जिल्लामा गाडी अनियन्त्रित भई गहिरो खाडलमा खसेर दुर्घटना हुँदा महिला तथा बालबालिकासहित छ जनाको घटनास्थलमै मृत्यु भएको स्रोतले जनाएको छ ।

गत हप्ता उत्तरी बदख्सान प्रान्तमा एउटा जीप नदीमा खस्दा छ यात्रुले ज्यान गुमाएका थिए भने चार जना घाइते भएका थिए ।


प्रतिक्रिया