`

यादवको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

Nepal One HD २८ पुष २०८१ २२:०५
राजनीति

काठमाडौँ, २८ पुस : नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका प्रमुख सचेतक जीवछीदेवी यादवकी आमाको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ । मधेश प्रदेशसभा सदस्यसमेत रहनुभएकी जीवछीदेवीकी आमा पवीत्रीदेवी यादवको ६७ वर्षको उमेरमा निधन भएको हो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी यादवको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । स्व यादवले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको कांग्रेसले जनाएको छ । 

प्रतिक्रिया