`

प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा पोखरेल नियुक्त

Nepal One HD २ माघ २०८१ १९:०१
राजनीति

काठमाडौँ, २ माघ : नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा डा जगदीशचन्द्र पोखरेल नियुक्त हुनुभएको छ ।

कांग्रेस उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहनुभएका पूर्णबहादुर खड्काले आज डा पोखरेललाई प्रतिष्ठानको निर्देशकमा नियुक्त गर्नुभएको हो ।

उपसभापति खड्काले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ३६ (घ) बमोजिम नियुक्त गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


प्रतिक्रिया