`

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटमा संलग्न थप एकजना पक्राउ

Nepal One HD ६ माघ २०८१ १८:४६
अपराध

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि कुटपिट गरी फरार रहेका थप एकजनालाई पक्राउ परेका छन् ।

माघ २ गते जिल्ला अदालत परिसरमा अधिवक्ता त्रिपाठीमाथि कुटपिट गरी फरार रहेका हुम्ला अदानचुली गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको सूर्यदर्शन हाइट बस्ने वर्ष ३२ का महेन्द्र पाण्डे भन्ने महानन्द जैसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भइरहेको छ । यसअघि कुटपिटमा संलग्न अर्का एकजना पक्राउ परिसकेका छन् ।


प्रतिक्रिया