`

कोशी प्रदेशसभा बैठक बस्दै

Nepal One HD ७ माघ २०८१ ८:५७
राजनीति

विराटनगर, ७ माघः कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गर्नुभएको हो ।

कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन्।


प्रतिक्रिया