`

“श्रीलङ्काको आर्थिक वृद्धिदर ४ प्रतिशत भन्दा बढी पुग्ने विश्वास”

Nepal One HD १६ माघ २०८१ १९:२७
विश्व

श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले आफ्नो सरकारले सन् २०२५ को बजेटबाट सरकारी पुँजीगत खर्चका लागि १.३५ ट्रिलियन रुपैयाँ (लगभग ४.६ अर्ब अमेरिकी डलर) विनियोजन गर्ने बताउनुभएको छ, जुन हालैका सरकारी पूँजीगत खर्चमध्ये सबैभन्दा बढी हो ।

मङ्गलबार राति आयोजित आर्थिक शिखर सम्मेलन सन् २०२५ मा दिसानायकेले यस्तो बताउनुभयो । उहाँले सरकारले सन् २०२५ मा आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने अपेक्षा गरेको र प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न तथा कायम राख्न आवश्यक सुविधा उपलब्ध गराउनु पर्ने बताउनुभयो ।

“पूँजीगत खर्चको सम्पूर्ण विनियोजनलाई उपयोग गर्न सरकारले आवश्यक संयन्त्र बनाएर काम गरिरहेको छ ।”

श्रीलङ्कामा लगानी गर्न स्वीकृति पाउन अहिले ८२ विभिन्न संस्थाबाट स्वीकृति लिनुपर्ने र ती स्वीकृति पाउन साढे दुई वर्ष लाग्ने उहाँले जानकारी दिनुभयो । यो समयलाई ६ महिनामा झार्ने उहाँले वाचा गर्नुभयो ।


प्रतिक्रिया