`

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख पक्राउ

Nepal One HD २० माघ २०८१ १३:४८
अपराध

म्याग्दी । सहकारीको रकम ठगीको आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । म्याग्दीको बेनीस्थित कुमारी सहकारी संस्थाको डेढ अर्ब रुपैयाँ हिनामिनाको आरोपमा थापा पक्राउ परेका हुन् ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्ष अघि गरेको छानबिन प्रतिवेदनमा थापाको योजनामा सर्वसाधारणले बचत गरेको डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख थियो । तर एमालेबाट जिसस प्रमुख निर्वाचित उनी अहिलेसम्म पक्राउ परेका थिएनन् ।


प्रतिक्रिया