शेयर बजारमा ६९ अंकको वृद्धि

अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ । आइतबार नेप्से ६९.८० अंकले बढेर २७२७२.५८ विन्दुमा पुगेको छ । नेप्से परिसूचक उच्च अंकले बढ्दा १२ अर्ब रुपैयाँ माथिको सेयर कारोबार भएको छ ।
आइतबार २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले बढेको सेयर बजारमा आज ९ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट