`

एक महिनामा भित्रिए ८० हजार विदेशी पर्यटक

Nepal One HD २० माघ २०८१ १८:३०
अर्थ समाचार

काठमाडौं । सन् २०२५ को पहिलो महिना जनवरीमा करिव ८० हजार पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डकाअनुसार जनवरीमा ७९ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

जनवरीमा भारतबाट २० हजार ४८५, चीनबाट ८ हजार १९१, अमेरिकाबाट ८ हजार ६३, बंगलादेशबाट ५ हजार ४०६, अष्ट्रेलियाबाट ४ हजार ३०१, दक्षिण कोरियाबाट ३ हजार ७५६, बेलायतबाट ३ हजार ५२१ पर्यटक भित्रिएका छन् ।


प्रतिक्रिया