`

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणका दुई आरोपी धरौटीमा रिहा, एकजना जेल चलान

Nepal One HD २५ माघ २०८१ १७:२०
अपराध

काठमाडौं । जिल्ला अदालत काठमाडौंले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई एक एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै ललितकुमार केसी र शीतल राई जनही १/१ लाख धरौटी बुझाएर छुटेका छन् भने महानन्द जैसी भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेटबाहिर त्रिपाठीमाथि आक्रमण गरेका थिए।


प्रतिक्रिया