`

मदन राईलाई साढे २ वर्ष कैद, एक लाख जरिवाना र डेढ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय

Nepal One HD २५ माघ २०८१ १७:३२
अपराध

खोटाङ । बालयौन दुरुपयोगको अभियोगमा मदन राईलाई अदालतले साढे २ वर्ष कैद सजाय सुनाएको छ । खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि शुक्रबार पेशी तोकेको थियो ।

शुक्रबार अदालतले उनलाई साढे २ वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन फैसलामा सुनाएको हो ।

उनीविरुद्ध २०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए ।

राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेशनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन् ।


प्रतिक्रिया