`

११ अंकले घट्यो शेयर बजार

Nepal One HD २८ माघ २०८१ १५:२०
अर्थ समाचार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ । सोमबार नेप्से १० दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय ७७ दशमलव ३२ विन्दुमा झरेको छ ।

बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर ६ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् ।


प्रतिक्रिया