`

शेयर बजारमा सात अंकको गिरावट

Nepal One HD १ फागुन २०८१ १५:३६
अर्थ समाचार

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से ओरोलो लागेको छ । बिहीबार नेप्से ७.२६ अङ्कले घटेर २ हजार ६ सय ७८.४७ विन्दुमा झरेको छ । आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ ।

आज विकास बैंक र जलविद्युत् समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । आज कारोबार रकम पनि घटेको छ ।

आज ३ सय २ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया