`

बागलुङको निसीखोलामा टिपर दुर्घटनामा परी चालकको मृत्यु

Nepal One HD ३ फागुन २०८१ १९:०८
समाचार

ढोरपाटन (बागलुङ), ३ फागुनः बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु गएको छ ।

आज साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग१क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो । दुर्घटनामा गुल्मीको इस्मा गाउँपालिका–३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिनुभयो ।

टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उहाँले बताउनुभयो ।


प्रतिक्रिया