थाइल्याण्डमा अलपत्र २० नेपालीको उद्धार

समाज

काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका २० नेपालीको उद्धार गरी आज नेपाल पठाइएको छ । बैंककस्थित नेपाली राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो ।
आकर्षक रोजगारीको प्रलोभनमा पारेर गएको जनवरी २४ तारिखमा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्याइएको थियो ।
दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने उद्देश्यले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा वैदेशिक रोजगारीमा नजान समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट