`

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति विमानस्थलबाट पक्राउ

Nepal One HD २६ फागुन २०८१ ८:०२
अपराध

काठमाडौं । बलातकार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ परेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका–२ चियाबारी घर भएका २७ वर्षीय आशिष बुढाथोकी शनिबार पक्राउ परेका छन् ।

एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा फरार रहेका उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट अनुरोध भएपश्चात एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२५ फेब्रुअरी १४ मा उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।


प्रतिक्रिया