`

च्याउ खाँदा बिरामी भएका ३० वर्षीय मगरको मृत्यु,नौ जनाको अवस्था खतरामुक्त

Nepal One HD ५ चैत २०८१ ६:२५
जीवनशैली/स्वास्थ्य

दमौली (तनहुँ), ५ चैतः जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।  

प्रतिक्रिया