`

कुलमानको रिटको शुक्रबार सुनुवाइ हुने

Nepal One HD १४ चैत २०८१ १३:२६
प्रमुख खबर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । घिसिङले आफूलाई सरकारले गैरकानुनी रूपमा हटाएको भन्दै रिट लिएर बुधबार अपराह्न सर्वोच्च पुगेका थिए । तर रिट बिहीबारमात्रै दर्ता भएको हो । यसको पेसी शुक्रबारका लागि तोकिएको छ ।

घिसिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, मन्त्री दीपक खड्कालगायतलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई बर्खास्त गर्दै हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।


प्रतिक्रिया