`

भाटभटेनी सुपरमार्केट तोडफोड र लुटपाटमा संलग्न भएको आरोपमा ९ जना पक्राउ

Nepal One HD १७ चैत २०८१ १७:३०
अपराध

काठमाडौं । गत शुक्रबार काठमाडौंका कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा लुटपाट गर्ने ९ जना पक्राउ परेका छन् ।

राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गर्नुका साथै लुटपाट गरेर फरार भएका ९ जनालाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई शनिबार र आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका आशिष सिंह, सर्लाहीको बरथहवा नगरपालिका–१६ प्रेम कुमार महतो, भारतको बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार, नुवाकोटको विदुर नगरपालिका–६ की सुशीला कुमाल, सुनसरीको धरानकी एलिसा राई, काठमाडौं महानगरपालिका–३२ की बालकुमारी कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–८ की निर्मला कार्की, सिन्धुलीको तिनपाटन गाउँपालिका–७ लाम्पन्टारकी चित्र माया बस्नेत र सिन्धुलीको तिनपाटन गाउँपालिका–१६ की सुस्मिता बराल रहेका छन् ।

उनीहरुले वीयर, यार्सागुम्बा ब्रान्डको रक्सी, हाफ पाइन्ट, ट्राउजर, क्यारेट, फलफूल र लिपिस्टिक, ऐना, गाजल लगायतमा सामान लुटेका थिए ।


प्रतिक्रिया