`

रविन्द्र मिश्र र धवल शमशेरसहित २० जनालाई थप १५ दिन थुनामा राख्न अनुमति

Nepal One HD २६ चैत २०८१ १६:१०
राजनीति

काठमाडौं । काठमाडौंको तिनकुनेमा भएको हिंसात्मक प्रदर्शन पछि पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणासहित २० जनालाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

मंगलबार काठमाडौं जिल्ला अदालतले राज्यविरुद्धको कसुरमा उनीहरूलाई थप १५ हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

राज्यविरुद्धको कसुरमा मिश्र र राणासहित गोपाल मल्ल, गोपीकृष्ण खड्का, सन्तोष चौधरी, रामकुमार धिमाल, पशुपति खड्काविरुद्ध अनुसन्धान भइरहेको छ । प्रहरीले अहिलेसम्म तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनको क्रममा ७३ जनालाई पक्राउ गरेको छ ।

संगठित अपराध कसुरमा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान छ । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र सविन महर्जनको मृत्यु भएको थियो ।


प्रतिक्रिया