राजतन्त्र फर्कने कुनै सम्भावना छैन’ – एमाले उपाध्यक्ष ज्ञवाली

राजनीति

गोदावरी (कैलाली), २९ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले राजतन्त्र फर्काउने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आज धनगढीमा आयोजना गरेको विशेष सभामा बोल्दै उहाँले राजा फर्काउछौँ भन्नु र वीरेन्द्र शाहको वंश फर्काउँछौँ भन्नु एउटै रहेको बताउनुभयो ।
उहाँले राजाको शासन र जनताको शासनबीच तुलना गर्न आग्रह गर्दै राजाले जनतामाथी दमनबाहेक केही नगरेको धारणा व्यक्त गर्नुभयो । पूर्वराजाले जनभावना विपरीत बोलेर देशमा अराजकता मचाउन खोजेको भन्दै उहाँले जनमतको कदर गर्न आग्रह गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट