सहकारीले बदमासी गर्नेछैन भन्ने विश्वास दिलाउनुपर्छः सभापति देउवा

प्रमुख खबर

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सहकारीले कुनै पनि प्रकारको अनियमितता, बदनाम र आलोचना हुने काम गर्ने छैन भन्ने विश्वास दिलाउनुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७ औं वार्षिकोत्सवमा सभापति देउवाले अहिले सहकारीको धेरै ठूला बदनामी भइरहेकाले अब यस्तो हुन नहुने बताएका हुन् । उनले सहकारीले सच्चा मान्यतामा, राष्ट्रको लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘केही कमीकमजोरीहरु भएका छन्, यी कुरालाई ध्यानमा राखेर काम गरेका छौ । यो सहकारी रविको सहकारी होइन यसले भ्रष्टाचार गर्दैन, यो ठगी गर्ने संस्था होइन भन्ने विश्वास दिलाउनुपर्छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट