`

न्युरोडबाट ९ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न एकजना पक्राउ

Nepal One HD ३१ चैत २०८१ २०:०८
अपराध

काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट ९ लाख नगदसहित हुन्डी कारोबारमा संलग्न १ जनालाई पक्राउ गरेको छ ।

आइतबार प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले गोरखाको पालुङटारकी १९ वर्षीया करिना देवकोटालाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ९ लाख नगद र ६ लाखको चेक बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


प्रतिक्रिया