`

ललितपुर एनएसएलको फाइनलमा

Nepal One HD ६ वैशाख २०८२ २२:५८
खेलकुद

काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिगको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीविरुद्ध २–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । ललितपुरले अब दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि खेल्नेछ ।

धनगढीले भने फाइनमा फर्किन इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा पोखरा थन्डर्स र एफसी चितवन भिड्नेछन् । १० खेलाडीमा सीमित ललितपुरको जितमा केर्भेन्स बेलफोर्ट र इबु केबेले गोल गरे । धनगढीका जर्जप्रिन्स कार्कीको गोल सान्त्वना रह्यो।


प्रतिक्रिया