जनमत पार्टीका कोषाध्यक्ष पक्राउ, ठगी र आपराधिक विश्वासघात गरेको आरोप

अपराध

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव पक्राउ परेका छन् । प्रहरीले यादवलाई ठगी आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरको पत्रको आधारमा उनलाई सप्तरीको राजविराजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।
ललितपुर प्रहरीमा उनीविरुद्ध ठगी र आपराधिक विश्वासघात विरुद्धको जाहेरी दर्ता भएको छ । उनलाई अनुसन्धानका लागि ललितपुर पठाइने डिएसपी बस्नेतले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट