‘लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण छ’ : मुख्यमन्त्री शाह

राजनीति

कैलाली, ८ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतन्त्र संस्थागत गर्न महिलाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।
नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले आज यहाँको भितरियामा आयोजना गरेको कार्यक्रममा उहाँले सो भूमिकालाई राज्यले उचित सम्मान गरिरहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहले प्रदेश सरकारले समावेशी लोकतान्त्रिक शासन व्यवस्थालाई अङ्गिकार गर्दै आफ्ना नीति तथा कार्यक्रम बनाइरहेको उल्लेख गर्नुभयो । सोही नीतिअनुसार प्रदेश नीति तथा योजना आयोगमा महिलालाई नेतृत्व दिइएको उहाँको भनाइ थियो । आयोगमा हाल डा जीवन राना उपाध्यक्ष हुनुहुन्छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट