`

शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा राजीनामा: झलनाथ खनाल

Nepal One HD ९ वैशाख २०८२ १९:४२
राजनीति

काठमाडौँ-नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले प्रधानमन्त्रीका कारण शिक्षामन्त्रीले राजीनामा दिनुपरेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले शिक्षकहरुको माग पुरा गर्नुपर्ने शिक्षामन्त्रीको प्रस्तावलाई प्रधानमन्त्रीले अटेर गर्दा बाध्यताका कारण राजीनामा दिनुपरेको बताउनुभएको हो । समाजवादी शिक्षा स्थापीत गर्छु भन्ने पार्टीका नेता अहिले प्रधानमन्त्री भएपछि लाखौं शिक्षकहरुको मागलाई कुल्चिएर हिडेको उहाले बताउनुभयो ।

त्यस्तै उहाले कम्युनिष्ट पार्टीले घोषणापत्रमा उल्लेख गरेका बिषयलाइ सत्तामा पुगेपछि वेवास्ता गरेका कारण जनताले नपत्याउने अवस्था सिर्जना भएको धारणा राख्नुभयो । खनालले कांग्रेसको पिठ्युँमा बसेर एमालेले आगामी निर्वाचनमा बहुमत ल्याउने घमण्ड गरेको तर्क गर्नुभयो । कांग्रेसको पिठ्युँमा बसेर केहिदिनअघिसम्म कराइरहेका प्रचण्ड बाहिर आएपछि क्रान्तिकारी जस्तो कुरा गर्न लागेको उहाले तर्क गर्नुभयो । उहाले कांग्रेस दलाल पूँजीपति वर्गको पार्टी भएको धारणा राख्नुभयो ।


प्रतिक्रिया