सानोपाइला सहकारी ठगीमा पाँच करोड विगो माग गर्दै रविविरुद्ध मुद्दा दर्ता गर्ने तयारी

अपराध

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४१ जनामाथि मुद्दा चलाउने पर्ने रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
पर्साको सानोपाइला सहकारी ठगी प्रकरणमा लामिछानेसहित ४१ जनाविरुद्ध ठगी तथा संगठित अपराध मुद्दा चलाउनु पर्ने रायसहितको प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको हो । प्रतिवेदन शुक्रबार नै बुझाइएको पर्सा प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए ।
सभापति लामिछानेको हकमा ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बिगो मागदाबी गर्न प्रहरीले राय दिएको छ ।
हाल रवि लामिछने रुपन्देही कारागारमा छन् । सानोपाइलाबाहेक उनीविरुद्ध पोखराको सूर्यदर्शन, चितवनको सहारालगायत पाँचवटा सहकारी ठगीको मुद्दा अदालतमा विचाराधीन छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट