`

मनहरीमा चैते धानको परीक्षण

Nepal One HD १९ वैशाख २०८२ १०:३९
अर्थ समाचार

चितवन । कृषि विकास कार्यालयले मकवानपुरको मनहरीमा विभिन्न छ प्रजातिका चैतेधानको परीक्षण गरेको छ।

कार्यालयकी सूचना अधिकारी सुरुची त्रिपाठीका अनुसार उन्नत तथा स्वदेशी ‘हाइब्रिड’ जात अध्ययन परीक्षण तथा प्रविधि अनुशरण कार्यक्रमअन्तर्गत मनहरीमा चैतेधानको परीक्षण गरिएको हो।

कार्यालयबाट आलु र मकै पनि परीक्षण भएको छ। चितवनको कालिका नगरपालिकामा मकैको परीक्षण जारी छ भने खैरहनी नगरपालिकामा आलुको परीक्षण भइसकेको छ।

मनहरीमा हर्दिनाथ हाइब्र्रिड १, हर्दिनाथ १, ५, चैते ५, सुक्खा २ र ३ जातको परीक्षण गरिएको हो । कुन जातको चैतेधान कति उत्पादन हुन्छ भनेर परीक्षण गरिएको जनाइएको छ।

परीक्षणका क्रममा रासायनिक मल, विषादी, प्राङ्गारिक मल, विषादीको प्रयोग पनि परीक्षण गरिएको छ। मल विषादीसँगै पानीको प्रयोग कति गर्दा उत्पादनमा हुने परिवर्तनबारे पनि अध्ययन भएको छ।

खैरहनी नगरपालिकामा चैते ५ मा नाइट्रोजन परीक्षण गरिएको छ। नाइट्रोटनको मात्राअनुसार धानमा आउने परिवर्तन अध्ययन गर्न परीक्षण गरिएको छ। नाइट्रोजनको प्रयोगले धानको गाँज, उचाइ र उत्पादनबारे जानकारी हुने सूचना अधिकारी त्रिपाठीले बताए। 


प्रतिक्रिया