संयमता अपनाउन भारत र पाकिस्तानलाई राष्ट्रसंघको आग्रह

विश्व

जेनेभा । संयुक्त राष्ट्रसंघले भारत र पाकिसतानलाई संयमता अपनाउन आग्रह गरेको छ । भारतले पाकिस्तान प्रशासित कश्मीरमा मिसाइल आक्रमण गरेपछि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेशका प्रवक्ताले नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सीमापारी भारतीय सैन्य अभियानलाई लिएर गुटेरेश निकै चिन्तित रहेको उल्लेख गरेका छन् ।
गुटेरेशका प्रवक्ता स्टिफन दुजारिकले भनेका छन्, ‘उहाँले दुवै देशलाई उच्चतम संयमता अपनाउन अपील गर्नुभएको छ । विश्वले भारत र पाकिस्तानबीचको सैन्य टकराव सहन गर्न सक्दैन ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट